

घाँस काट्ने झगडामा हँसियाले हानेर श्रीमतीको हत्या, आफूले पनि रेटे घाँटी…

काठमाडौं । रौतहटमा श्रीमानले श्रीमतीको हत्या गरेका छन् ।
घाँस काट्ने विषयमा विवाद हुँदा वृन्दावन नगरपालिका-१ का ४० वर्षीय तीर्थ वाइबाले ३५ वर्षीया श्रीमती सोतीमाया वाइबाको हत्या गरेका हुन् ।
घाँस काट्ने क्रममा श्रीमान–श्रीमतीबीच विवाद भएको थियो । त्यसपछि तीर्थले श्रीमतीको घाँटीमा हँसिया प्रहार गरेका थिए । हँसिया प्रहारबाट सोतीमायाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
श्रीमतीको हत्यापछि तीर्थले पनि आत्महत्याको प्रयास गरेका थिए । तीर्थले आफ्नै घाँटीमा हँसियाले रेटेको अवस्थामा नियन्त्रणमा लिएको छ ।