

प्रधानमन्त्री प्रचण्ड भेट्न बालुवाटार पुगे कांग्रेस सभापति देउवा

काठमाडौं । प्रधानमन्त्री पुष्पकम दाहाल प्रचण्ड र संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच छलफल भएको छ ।
बिहीबार बिहान बालुवाटारमा भएको छलफलमा संसदमा जारी गतिरोध अन्त्य गर्ने विषयमा छलफल भएको छ ।
साथै सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयक पारित गरेर लैजाने विषयमा छलफल भएको जनाइएको छ । कांग्रेसले गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी गरेको आरोप लगाएर संसदीय छानबिन समिति गठनको माग गर्दै प्रतिनिधि सभामा अवरोध गर्दै आएको छ ।
प्रतिनिधि सभा अन्तर्गत रहेको कानुन न्याय र मानवअधिकार समितिमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक विचाराधीन अवस्थामा छ ।
सरकारले कांग्रेस, एमाले सहितका दलहरूको सर्वसम्मतिमा विधेयक पास गराउन विगतदेखि पहल गर्दै आइरहेको छ ।