

स्व. सई खत्रीको स्मृतिमा जवान ढकालको भावना

ईष्ट मित्र सरहरु साथी सबैलाई भेटियो
सडकमै जवानी सकियो मेरो जिन्दगी मेटियो ।
रोडमै थिएँ २४ घन्टा डिउटीको चक्करमा
जिन्दगी मेरो सकियो आमा बसको ठक्करमा ।
आयु मेरो यति नै रैछ प्रिय दैवको पात्रोमा
सपना सबै सकियो मेरो सजिएँ कात्रोमा ।
लेखान्त मेरो यति नै रैछ कसले के दियो र
डिउटीमा आएँ म निर्दोष प्रहरीको के गल्ती थियो र ?
म निर्दोष प्रहरी नमिले न्याय आत्माले सराप छ
बचेर डिउटी गर है ब्याजी हो समय खराब छ ।
-उत्तम ढकाल, प्रहरी जवान