

उदाहरणीय लहानः ४० वर्षमाथिकालाई घर-घरमै निःशुल्क स्वास्थ्य परिक्षण

लहान । मुलुकको सबैभन्दा ठूलो स्थानीय तह मानिएको लहान नगरपालिकाले नगरका बासिन्दालक्षित अर्को उदाहरणीय योजना अगाडि ल्याएको छ ।
लहान नगरपालिकाले नगरभित्रका बासिन्दाका लागि घरमै स्वास्थ्य अभियान सञ्चालन गरेको छ ।
नगरपालिकाका मेयर महेश चौधरीका अनुसार लहान नगरभित्रका ४० वर्ष नाघेका सम्पूर्ण नगरवासीलाई घरघरमै स्वास्थ्यकर्मी पठाएर निःशुल्क रुपमा उच्च रक्तचाप (bp) र मधुमेह (sugar) चेकजाँच गरिने कार्य वडा २४ बाट सुरु गरिएको छ ।
उक्त कार्यको शुक्रबार मेयर चौधरीले एक कार्यक्रमको आयोजना गरि उद्घाटन गरेका छन् ।
स्वास्थ्य शाखाका अनुसार २४ वटै वडामा निःशुल्क चेकजाँच र औषधी पनि उपलब्ध गराईनेछ ।
उक्त अवसरमा मेयर महेश चौधरी, उपमेयर रामचलितर महतो र वडा अध्यक्ष रासलाल रायको उपस्थितिमा स्वास्थ्य जाँच सुरु भएका छन् ।
जानकारी अभाव र हेल्चक्राईका कारण उच्चरक्तचाप र मधुमेह नजचाएका नगरवासी यस कार्यबाट लाभान्वित हुने विश्वास लिएको मेयर चौधरीले जानकारी गराए ।