खुमन, सुनिता र इब्सलको ‘जिन्दगी’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं। गायक खुमन अधिकारीको ‘जिन्दगी’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ।

केहि दिन अघि खुमन अधिकारी युट्युब च्यानलमा अडियो मात्र सार्वजनिक भएको थियो। उक्त गीतको भिडियो भने सोमबार बिहान सार्वजनिक गरिएको हो।

गीतमा खुमनलाई लोकप्रिय गायिकाद्धय सुनिता बुढा र इब्सल संज्यालले स्वरमा साथ दिएकी छन्। पिताम्बर चापागाई र आकाश खनालको शब्द रहेको गीतमा गायक अधिकारीले संगीत भरेका छन्।

गीतको भिडियोमा लोकप्रिय मोडल करिष्मा ढकाल, जीवन न्यौपाने र गायक अधिकारी लगाएतको अभिनय छ। भिडियोलाई करन चैसिरले निर्देशन गरेका छन्।

गीतमा दैनिक जिवनमा गरिने संर्घष र पैसा कामउनका लागि विदेशिनु परिरहेको कथा वस्तु समेटिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *