

कांग्रेस केन्द्रीय सदस्य एवं पूर्वमन्त्री बुढाथोकीको निधन

झापा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री केशवकुमार बुढाथोकीको ८० वर्षको उमेरमा निधन भएको छ ।
कांग्रेस झापाका सचिव कृष्ण हुमागाईँका अनुसार लामो समयदेखि ‘प्रोस्टेट क्यान्सर’को उपचार गराइरहेका उनको गतराति विराटनगरको विराट मेडिकल कलेजमा उपचारकै क्रममा निधन भएको हो ।
बुढाथोकीको पार्थिव शरीर झापास्थित निवास शनिश्चरे लगिएको छ । १२ बजेपछि जिल्ला पार्टी कार्यालयमा श्रद्धाञ्जलिका लागि राखिने तय भएको छ ।
त्यसपछि शवयात्रासहित कनकाई नदीमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।