

गायिका रचना रिमाल दुर्घटनामा

काठमाडौं । गायिका रचना रिमाल सवार स्कारपियो दुर्घटनामा परेको छ ।
आइतबार बेलुका उनी चढेको बा. १६ च ८३४३ नम्बरको स्कारपियोलाई विपरित दिशाबाट आइरहेको बाप्र ०३-०१ ख २११८ को नम्बरको ट्रकले बाँकेको सिक्टा नजिकै ठक्कर दिएको हो ।
उनी नेपालगन्जबाट दाङको लमही महोत्सवमा जाँदै थिइन् । दुर्घटनामा गायिका रिमाल सकुशल छिन् भने उनीसँगै सवार शिवु खनाललाई घुँडामा चोट लागेको छ ।
गायिका रिमालले पनि दुर्घटनामा आफू सुरक्षित रहेको जानकारी सामाजिक संजालबाट दिएकी छन् ।
उनले लेखेकी छिन् ‘आज नेपालगन्ज विमानस्थलबाट दाङ लमही महोत्सवमा जाँदै गर्दा हामि सवार गाडिलाई विपरित दिशाबाट आईरहेको ट्रकले ठक्कर दियो। गाडिमा केहि क्षति पुगेको छ । यात्रुहरु हामि सबै सकुशल छौँ। साथै आज लमहि महोत्सवमा हुने भनिएको मेरो साङ्गितिक प्रस्तुति भोलि रहने सबैमा जानकारि गराउँदछु। आज उपस्थित हुननसकेकोमा क्षमा चाहन्छु।’