

६ तला माथिबाट हाम्फालेर युवकले गरे आत्महत्या

काठमाडौं । काठमाडौंमा एक युवकले ६ तलामाथिबाट हाम्फालेर आत्महत्या गरेका छन् ।
काठमाडौं महानगरपालिका–१९, मरुहिटी चोकका २६ वर्षीय प्रज्वल मानन्धरले आइतबार बिहान घरको छैठौं तलामा रहेको झ्यालबाट हाम्फालेर आत्महत्या गरेका हुन् ।
बिहान पौने ६ बजे आफ्नो कोठाको झ्यालबाट हाम्फालेका उनी गम्भीर घाइते भएका थिए । त्यसपछि उनलाई तत्काल नजिकैको वीर अस्पताल, ट्रमा सेन्टर पुर्याइएको बताइन्छ ।
तर अस्पतालमा पुर्याएपछि चिकित्सकले मृत घोषित गरिदिएका थिए । अविवाहित मानन्धर घरको छ तलामाथिको कोठामा एक्लै सुतेका थिए ।
उनको आत्महत्याबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।