

डिआईजी शाहले पाए यस वर्षको ‘उत्कृष्ट बाहिनी अवार्ड’

काठमाडौं । सशस्त्र प्रहरी बलले आफ्नो स्थापनाको २३ औं दिवस मनाएको छ ।
राजधानीमा आयोजित विशेष समारोहबीच स्थापना दिवस मनाएको सशस्त्र प्रहरीका प्रहरी नायब महानिरीक्षक (डिआईजी) दीपेन्द्र शाहले यस वर्षको उत्कृष्ट बाहिनी अवार्ड हात पारे ।
सशस्त्र प्रहरी बल, नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीका बाहिनीपति डिआईजी शाहलाई प्रमुख अतिथि प्रधानमन्त्री पुष्पकमल दाहालले उक्त अवार्डबाट सम्मानित गरेका थिए ।