

सशस्त्र आईजी अर्याल हुम्लाको हिल्सामा (फोटोफिचर)

हुम्ला । सशस्त्र प्रहरी महानिरीक्षक (आईजी) राजु अर्याल युनिट निरीक्षणको क्रममा हुम्लास्थित नेपाल चीन सीमामा तैनाथ बोर्डर आउट पोष्ट हिल्सा पुगेका छन् ।
आईतबार सशस्त्र प्रहरी बल नेपाल नं. ४४ गुल्म हुम्ला पुगेका महानिरीक्षक अर्यालले गुल्म र मातहत बिओपी हिल्साको निरीक्षण गरी सो बिओपीको जिम्मेवारी क्षेत्रको बारेमा समेत जानकारी लिएका हुन् ।
सोही दिन महानिरीक्षक अर्यालले डोल्पामा तैनाथ नं. ४६ गुल्मको समेत निरीक्षण गरेका थिए ।
निरीक्षणका क्रममा उनले कार्यरत फौजलाई उच्च मनोवल लिएर हिमाल जस्तै अटल र निर्भिकताका साथ कर्तव्य पूरा गर्न समेत निर्देशन दिएका थिए ।