सहायक हवल्दार चौधरी, जसलाई प्रहरीले ब्राउनसुगरसहित भेटाएपछि…



कैलाली । कैलालीमा नेपाल प्रहरीका सहायक हवल्दार नै पक्राउ परेका छन् । लागुऔषध ब्राउनसुगरसहित प्रहरी सहायक हवल्दार विष्णु चौधरी सोमबार पक्राउ परेका हुन् ।

प्रहरी स्रोतका अनुसार इलाका प्रहरी कार्यालय मालाखेतीको टोलीले धनगढीस्थित नेपाल प्रहरीको गणमा कार्यरत (चालक) सहायक हवल्दार चौधरीलाई लागुऔषधसहित पक्राउ गरेको जनाइएको छ ।

उनलाई ८ सय मिलिग्राम लागुऔषध (ब्राउनसुगर)सहित समातिएको बुझिएको छ । उनले विगतदेखि नै ड्रग्स डिलरसँग कनेक्सन जोडेर धन्दा थालेको प्रहरी स्रोतको दाबी छ ।