

नातीको मुख हेर्न गएका पदम र लालसरीले गुमाए जापानमै ज्यान

जापान । जापानमा कारको ठक्करबाट रुकुम पश्चिमका एक दम्पतीको मृत्यु भएको छ ।
रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका २ विमैचाका पदम विष्ट र उनकी श्रीमती लालसरी विष्टको शनिवार साँझ जापानको उरासो सहरको जियोवान सिटीमा जेब्रा क्रसिङबाट बाटो काटिरहेका बेला कारको ठक्करबाट मृत्यु भएको जनाइएको छ ।
कारको ठक्करबाट अचेत अवस्थामा रहेका दुवै जनालाई उद्धार गरी अस्पताल पुर्याइएको थियो । तर अस्पतालले दुवै जनालाई मृत घोषणा गरेको मृतकका भतिजा कुशल कठायतले जानकारी दिए।
कार चालक ८० वर्षीय एक वृद्धालाई जापानस्थित उरासो प्रहरीले पक्राउ गरेको बताइएको छ ।
विष्ट दम्पती जापानमा बस्दै आएका छोरा बुहारीका साथै नाती लाई भेट्न गत कात्तिकमा ३ महिनाको टुरिस्ट भिसामा जापान गएका थिए ।