लहानको राजदेवी मन्दिर प्रांगणमा निःशुल्क आँखा शिविर सुरु 



सिराहा । लहान नगरपालिकाको वडा नं. १५ मा आँखा शिविर सुरु भएको छ ।

लहान नगरपालिकाको आर्थिक र सगरमाथा चौधरी आँखा अस्पतालको प्राविधिक सहयोग तथा जे.एस. मुरारका बहुमुखी क्याम्पस लहानको आयोजनामा सुरु भएको उक्त आँखा शिविरको उद्घाटन लहान नगरपालिकाका मेयर महेश चौधरीले गरेका छन् ।

लहान १५ स्थित राजदेवी मन्दिरको प्राङ्गणमा सुरु भएको उक्त शिविरमा यसपटक पनि स्थानीयहरुको बाक्लो उपस्थिति रहने देखिएको छ ।

May be an image of 6 people, people studying and crowd

गत वर्ष नगरपालिकाले विभिन्न वडा–वडामा शिविर आयोजना गरेर १ हजार व्यक्तिलाई मोतिबिन्दु निःशुल्क शल्यक्रिया र ७ हजार जनाको आँखा परिक्षण गरिएको थियो ।

यसवर्ष पछि यसपछि अन्य वडाहरुमा पनि शिविर सञ्चालन गरिने मेयर चौधरीले जनाए ।