बोराभित्र भेटिएका दुवै शवको पहिचान खुल्यो, मृतक दुवै र हत्यारा पनि भारतीय नागरिक

चितवन । चितवनमा बोराभित्र शव फेला परेका पुरूष र महिलाको पहिचान खुलेको छ। चितवन प्रहरीले उनीहरु दुबै जना भारतीय नागरिक रहेको खुलेको जनाएको छ

दुबै जना भारतको मोतिहारीका रहेको प्रहरीले जनाएको हो।

गत मंसिर ६ गते चितवन महानगरपालिका–९ मिलनचोकको कल्भर्टमा बोरा भित्र महिला र पुरुषको शव भेटिएको थियो।

अन्दाजी २८-३० वर्षका महिला र पुरुषको शव भेटिएको तर पहिचान हुन नसकेपछि प्रहरीले उनीहरुको स्केच सार्वजनिक गरेको थियो।

हुलिया र स्केच सार्वजनिक गरेको करिब डेढ महिनापछि शवको पहिचान भएको प्रहरीले जनाएको छ। शवको पहिचनासँगै उनीहरुको हत्यामा संलग्न व्यक्तिको समेत पहिचान भएको प्रहरीले जनाएको छ।

हत्या गर्ने व्यक्ति भारतीय नागरिक नै रहेको र उनी भारतमै अर्को हत्यामा संलग्न रहेको आरोपमा भारतीय प्रहरीले पक्राउ गरेको बताइएको छ। बयानका लागि नेपाल प्रहरीको टोली भारत गएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *