

राष्ट्रिय सभाका लागि कांग्रेस उम्मेदवारको टुंगो, कुन प्रदेशबाट कसले पाए टिकट ?

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उमेदवार टुंगो लगाएको छ ।
कांग्रेसले संस्थापन पक्षका सात र संस्थापन इतरका तीनसहित दश उमेदवार टुंगो लगाएको हो ।
कोशी प्रदेशमा कृष्णप्रसाद सिटौला, मधेसमा आनन्द प्रसाद ढुंगाना, वाग्मतीमा विष्णुदेवी पुडासैनी र जितजंग बस्नेतले टिकट पाएका छन् ।
कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अुनसार गण्डकीमा किरणबाबु श्रेष्ठ र पदमबहादुर परियारले टिकट पाएका छन् ।
लुम्बिनीमा कांग्रेसले विष्णुदेवी सापकोटालाई टिकट दिएको छ ।
कर्णालीमा कृष्णबहादुर रोकाया र सुदूरपश्चिममा नारायणदत्त भट्ट र बलदेव बोहराले टिकट पाएका छन् ।
ती मध्ये गण्डकी र लुम्बिनीका ३ उम्मेदवार संस्थापन इतरका रहेका छन् भने अन्य ७ उम्मेदवार संस्थापन पक्षका रहेका छन् ।