डिआईजी केसीले ल्याए ‘सम्बन्धको बाटो’

काठमाडौं । प्रहरी नायब महानिरीक्षक (डीआईजी) रवीन्द्र केसीको कथाकृति ‘सम्बन्धको दोबाटो’ सार्वजनिक भएको छ। प्रज्ञा प्रतिष्ठानमा आयोजित एक विशेष कार्यक्रममा उक्त कथा कृतिको प्रहरी महानिरीक्षक (आईजी) वसन्तबहादुर कुँवर लगायतले लोकार्पण गरेका थिए ।

कृति सार्वजनिक गर्दै आईजी कुँवरले प्रहरीमा सेवारत थुप्रै सहकर्मीहरूले साहित्यमा ख्याति कमाएको स्मरण गर्दै सहकर्मीहरूबाट यसरी कृति आउनु खुसीको विषय भएको बताए।

कथाकार केसीले जीवनका विविध आयामहरू आफ्ना कथाहरूमा समेटिएको उल्लेख गरे।

कार्यक्रममा डा. धु्रवचन्द्र गौतम, हरि अधिकारी, ज्ञानु अधिकारी, राजकुमार वानियालगायतले पनि बोलेका थिए। पुस्तक शिखा बुक्सले बजारमा ल्याएको हो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *