

कोरियामा अर्का नेपालीले गुमाए ज्यान, सुतेको अवस्थामा मृत भेटिए पदम

झापा । दक्षिण कोरियामा रोजगारीमा रहेका झापाको बुद्धशान्तिका एकजना युवा मृत भेटिएका छन् ।
बुसानस्थित मिर्यांग्सी कम्पनीमा कार्यरत बुद्धशान्ति–३ कञ्चनबारीका ३० वर्षीय पदम न्यौपाने सुतेकै अवस्थामा मृत भेटिएका हुन् ।
उनी पाँच वर्षअघि इपिएस कामदारको रुपमा दक्षिण कोरिया पुगेका थिए । एक वर्षअघि विदामा घर आएर उनी रोजगारीका लागि फर्किएका थिए ।
पारिवारिक स्रोतका अनुसार उनको चार दिनअघि मात्र परिवारसँग सम्पर्क भएको थियो ।
यसअघि अघिल्लो साता रोजगारीका लागि कोरिया गएका ३ नेपालीले ज्यान गुमाएका थिए ।