सातादिनभित्रै कोरियामा यी ३ नेपालीले गुमाए ज्यान

कठमाडौं । एक हप्ताको अवधिमा दक्षिण कोरियामा कार्यरत तीनजना नेपालीको मृत्यु भएको छ।

गत आइतबार कोरियाको गजेदोस्थित एक कम्पनीमा कार्यरत सोलुखुम्बुको नेचासल्यन गाउँपालिका–५ सितादु घरु भएका रन्जन राइको सुतेकै अवस्थामा मृत्यु भएको छ।

सोलुखुम्बु सेवा समाजका पूर्व उपाध्यक्षसमेत रहेका रन्जन राईको शव पोस्टमाटमको लागि अस्पताल लगिएको र दुतावासलाई जानकारी गराई सकिएको बताइएको छ।

यस्तै यसअघि नुवाकोटको दुप्चेश्वर–२ बोल्गाङ निवासी पासाङ श्याङ्बाको मृत्यु भएको थियो। गत शुक्रबार छुङनाम येसान सीस्थित कम्पनीमा दुर्घटनामा परि उनको मृत्यु भएको बताइएको छ।

त्यस्तै दक्षिण कोरियाको छनानमा कार्यरत पाँचथरको लिगिम्बाका नरेन्द्र केरुङको पनि सुतेको अवस्थामा मृत्यु भएको थियो।

One thought on "सातादिनभित्रै कोरियामा यी ३ नेपालीले गुमाए ज्यान"

Leave a Reply

Your email address will not be published. Required fields are marked *