अमेरिकाको मल्टिपल भिषा दिने भन्दै ६० वर्षे थापाको मति बिग्रिएपछि…

काठमाडौं – राष्ट्रिय मानवअधिकार आयोगको अध्यक्षको नक्कली परिचयपत्र देखाई ठगी गर्ने एक पक्राउ परेका छन् ।

महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीको विशेष टोलीले आफूलाई राष्ट्रिय मानव अधिकार आयोगको अध्यक्ष हुँ भनी अमेरिका पठाइदिन्छु भनी निजको नामको परिचय पत्र समेत देखाई ठगी गर्ने जिल्ला संखुवासभा पाँचखपन गाउँपालिका वडा नं. ५ खमारे स्थाई घर भई हाल काठमाडौं मित्रपार्क, चावहिल बस्ने वर्ष ६० को तुलसी थापालाई पक्राउ गरेको छ ।

महाशाखाका अनुसार थापालाई काठमाडौँको दरबारमार्गबाट पक्राउ गरी ठगी सम्बन्धि कसूरमा आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौँ पठाईएकोजनाइएको छ ।

थापाले म अमेरिका हुने कार्यक्रममा जाँदा तपाईँलाई ५ वर्षको मल्टिपल भिसा लगाई अमेरिका लैजान्छु भनी विश्वास दिलाई १५,००,०००।– रुपैयाँ ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको साथै निजबाट अन्य कोही ठगिएको भए प्रहरी कार्यालयमा सम्पर्क गर्न समेत अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *