

आफैंले पढाउने छात्रालाई यौन दुर्व्यवहार गरेपछि…

सिन्धुपाल्चोक । आफैंले पढाउने दुई छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा सिन्धुपाल्चोकबाट २ शिक्षक पक्राउ परेका छन्।
जिल्लाको इन्द्रावती–६ को कमलादेवी माविका दुई शिक्षकहरुले सोही विद्यालयमा अध्ययनरत १४ वर्षका दुई छात्रालाई यौन दुर्व्यवहार गरेको अभियोगमा पक्राउ परेका हुन् ।
ती दुई छात्राहरुले निवेदन दिएपछि सोही विद्यालयका शिक्षकहरू सुरेन्द्र कोइराला (वर्ष ४५) र कविराज पौडेल (४९ वर्ष) लाई शुक्रबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले दुवै शिक्षकलाई जिल्ला अदालत सिन्धुपाल्चोकबाट सात दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ।