पूर्वएआईजी थापा लेख्छन्, ‘आँशुको व्यापार गर्ने नेपालका ‘निरोहरु’ उपर अनुसन्धान गर्ने कि ?

काठमाडौं । सशस्त्र प्रहरी बलका अवकाश प्राप्त सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) नारायणबाबु थापाले नेपालका राजनीतिज्ञहरुमाथि अनुसन्धान गर्नुपर्ने सुझाएका छन् ।

नेपाल छाडेर विदेश जान बाध्य आम नेपालीले विदेशमा भोगेका दुःख पीडालाई बुँदागत रुपमा प्रस्तुत गर्दै पूर्वएआईजी थापाले सामाजिक सञ्जालमार्फत् नेपाली जनतालाई ज्यानकै बाजी राखेर अरबको ५० डिग्रीदेखि अमेरिका छिर्ने प्रयास गर्नुपर्ने बाध्यता सिर्जना गर्ने राजनीतिक नेताहरुमाथि अनुसन्धान गर्ने कि भन्दै  प्रश्न उठाएका छन् ।

नेपाल प्रहरीले अवैध ढंगले रुसी सेनामा भर्ति गराउनेलाई पक्राउ गरेर सार्वजनिक गरेपछि थापाले नेपालीहरुले भोगेका अन्य ७ कष्टहरुलाई बुँदागत रुपमा प्रस्तुत गर्दै उक्त कुरा बताएका हुन् ।

उनी लेख्छन्, नयाँ नेपालको दुहाइ दिंदै रगत, पसिना र आँशुको व्यापार गर्दै अलमस्त भएर , भ्युटावरको वरण्डाबाट हेर्ने नेपालका निरो,  राजनीतिका ठेकेदारहरु उपर पनि अनुसन्धान गर्ने कि ?’

Leave a Reply

Your email address will not be published. Required fields are marked *