

सिग्देल रथीमा बढुवा, मुलुकको ४५ औं प्रधानसेनापति बन्ने पक्का !

काठमाडौं । नेपाली सेनाको रिक्त रथी पदमा वरिष्ठतम् उपरथी अशोकराज सिग्देल बढुवा भएका छन् । मन्त्रिपरिषदको आज बसेको बैठकले सिग्देललाई रथी पदमा बढुवा गरेको हो ।
बढुवासँगै सिग्देल नेपाली सेनाको भावी प्रधान सेनापति बन्ने भएका छन् ।
नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले आइतबार वरिष्ठ उपरथी सिग्देललाई रिक्त रथी पदमा बढुवा सिफारिस गरेका थिए ।
अब रथी सिग्देल (तीन तारे जर्नेल) मा बढुवा भएपछि आगामी भदौ २४ गतेदेखि नेपाली सेनाको ४५औं प्रधानसेनापति बन्ने निश्चित भएको छ ।
त्यस्तै मन्त्रिपरिषद् बैठकले सन्तोषबल्लभ पौडेललाई दुई तारे उपरथीमा बढुवा गरेको छ ।