

अर्जुन पराजुलीको कविता…

उसको–
पाटी कम्युनिष्ट छ !
सिद्धान्त साम्यवाद छ !
झण्डा हँसिया–हतौडा छ !
नाम कमरेड छ !
नमस्ते मुठी ठडाउने छ !
धोका माक्र्सवाद पढाउने छ !
रहर राष्ट्रवादी भनाउने छ !
भाषण देशलाई सिंगापुर बनाउने छ !
तर उसको काम
ऊ मेचीको किनारमा उभियो भने
गनाएर
महाकालीको किनारलाई बेहोस् बनाउने छ !