आर्मीलाई हराउँदै मधेशलाई केपी ओली कपको उपाधि

पोखरा । केपी ओली राष्ट्रिय टी–२० क्रिकेटको उपाधि मधेश प्रदेशले जितेको छ ।

पोखरा रंगशालमा भएको फाइनल खेलमा बलियो र अनुभवी क्रिकेटरले भरिएको आर्मीलाई ११ रनले हराउँदै मधेश प्रदेश च्याम्पियन बनेको हो । टस जितेर पहिले ब्याटिङ गरेको मधेशले ८ विकेट गुमाएर १३५ रन बनाएको थियो ।

जवाफ ब्याटिङमा आर्मीले ७ विकेटको क्षतिमा १२४ रन मात्रै बनाउन सक्यो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *