नीलडेभिड्स ब्रान्डमा छोरा डेनियलको फ्रेन्चाइजी मोडल, उद्घाटनमा पुगे उद्योगपति खेतानदेखि गायिका जोशीसम्म

काठमाडौं । नेपाल तथा भारतमा आफ्नो प्रतिभाद्वारा सेलिब्रेटी हेयर स्टाइलिसको रुपमा स्थापित भैसकेका अन्तर्राष्ट्रिय हेयर स्टाइलिस नीलडेभिड कटवालले माघे संक्रान्तिका दिनलाई आफ्नो सपना पुरा भएको दिनको रुपमा चित्रण गरेका छन् ।

नीलडेभिडका १८ वर्षीय छोरा डेनियल कटवालले बुवाको सैलून व्यवस्थापनलाई नया“ स्वरुप प्रदान गरेका छन्, त्यसैको उद्घाटन भव्य समारोहका बीच सम्पन्न भएको छ ।

उद्योगपति राजेन्द्र खेतान, गायक प्रमोद खरेल, गायिका ईन्दिरा जोशी, मोडल दीपक घिमिरे तथा सञ्चारकर्मी सुशिल नेपालले संयुक्त रुपमा रिबन काटेर उक्त सलूनको उद्घाटन गरेका हुन् । 

भारतको पुणेबाट सैलून म्यानेज्मेन्ट तथा फ्रेन्जाइज म्यानेज्मेनटमा उच्च शिक्षा हासिल गरेका डेनियलले सुन्धारास्थित यस काठमाडौं मलको पहिलो तल्लामा आफ्ना बुवाको सैलूनको नयाँ फ्रेन्चाइजी मोडललाई आफ्नै डिजाइनमा तयार पारेका हुन्  ।

सैलून उद्घाटन गर्दै उद्योगपति राजेन्द्र खेतानले नीलडेभिडले आफ्नो व्यवसायको उत्तराधिकारी पाएकोमा शुभकामना र वधाइ दिँदै सैलून व्यवसायलाई जीवनशैलीको एउटा अंग बनाउन सफल भएकोमा वधाइ ज्ञापन गरे ।

गायक प्रमोद खरेलले डेनियल कटवाललाई सलून व्यवसायमा प्रगतिको कामना गर्दै आफ्ना बुवालाई नै नम्बर दुईमा पु¥याएर आफू नम्बर एक बन्ने शुभकामना दिए । गायिका ईन्दिरा जोशीले स्वदेशदेखि विदेशसम्म नीलडेभिड्स ब्राण्डले सबैलाई आकर्षित गर्न सफल भएकोमा वधाइ ज्ञापन गरिन् ।

मोडल दीपक घिमिरेले फेसन र मोडलिङको क्षेत्रमा नीलडेभिड्स सलूनले पु¥याएको योगदानको प्रशंसा गरे । सञ्चारकर्मी सुशिल नेपालले १५ वर्षअघि काठमाडौं मलबाटै प्रारम्भ भएको नीलडेभिड्सको यात्रा आज नेपाल र भारतमा फस्टाइरहेकोमा वधाइ ज्ञापन गरे ।

डेनियलले नीलडेविड्स ब्राण्डलाई थप उचाइमा पु¥याउने उदेश्यले नीलडेविड्स सलूनको यो नयाँ फ्रेन्चाइजी मोडल तयार पारेका हुन् । माघे संक्रान्तिदेखि नै फ्रेन्चाइजी मोडल सञ्चालनमा आउँदैछ ।

यो मोडल नेपाल तथा भारतका लागि फ्रेन्चाइजी मोडल हुनेछ ।

काठमाडौं मलको यो नयाँ मोडल जस्तै नेपालका विभिन्न शहरहरुहरुमा नीलडेविड ब्राण्डका नयाँ फ्रेन्चाइजीहरु २५ देखि ३० लाख रुपैयाँको लगानीमा खोल्न सकिने डेनिडल डेविड कटवालले बताएका छन् । छोटो समयमै छोरा डेनियलले आफ्नो ब्राण्डलाई उचाइमा पु¥याउने कुरामा देखाएकोमा बुवा नीलडेविड ढुक्क छन् ।

नीलडेविड भन्छन्–‘मेरो लक्ष्य र सपनालाई थप उचाईमा पुर्याउने उद्देश्यले मेरो छोरा डेनियलले काठमाडौं मलको पहिलो तलामा नेपाल र भारतमा नीलडेविड्स सलूनको फ्रेन्चाइज बिस्तार गर्ने लक्ष्यका साथ फ्रेन्चाइज मोडल सलून भब्य रुपमा शुभारम्भ हुँदैछ । तपाईंहरु सबैको माया र आशीर्वाद डेनियलप्रति रहिरहोस् । मेरो लक्ष्मीपुर, झापादेखिको यात्रालाई मेरो छोरा डेनियलले नयाँ कन्सेप्टमा अझ उचाई लग्ने सपना पुरा हुँदैछ ।’

समारोहलाई सम्बोधन गर्दै नीलडेभिड्सले सन् २०२२ मा नीलडेभिड्स फाउण्डेसन स्थापना गरेर एक सय जना गरिव तथा असाहय युवा–युवतीलाई हेयर एण्ड मेकअपको प्रशिक्षण दिएर रोजगारी समेत दिने घोषणा गरे ।

समारोहमा उनले निकट भविष्यमै चीनमा समेत आफ्नो शाखा विस्तार गर्न लागेको सुनाउ“दै दुबई तथा अष्टे«लियामा समेत नीलडेभिड्सको शाखा सञ्चालन गर्ने तयारी भैरहेको बताए ।

सञ्चारकर्मी नरेश भट्टराईद्वारा सञ्चालित उक्त समारोहमा फुटबलर समेत रहेका डेनियल डेभिड कटवालले पनि बुवाको ब्राण्डलाई अझ उचाइमा पु¥याउन मेहनत गर्ने धारणा व्यक्त गरे ।

यसैबीच डेनियलले नेपालमा साना शहरहरुका लागि लक्षित गर्दै आफ्नो नयाँ ब्राण्ड केश द हेयर शप समेत ल्याउँदैछन् । १२ देखि १५ लाख रुपैयाँसम्मको बजेटमा केश सलूनमा ३ सयदेखि ५ सय स्क्वायरमा सलून बनाउन सकिने डेनियल कटवालले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *