सशस्त्रले निकाल्यो यी ५ पदका लागि बढुवाको सूचना, कुन–कुन पदका लागि कस्ले कहिलेसम्म दिने त आवेदन ?



काठमाडौं । सशस्त्र प्रहरी बलले विभिन्न पदका लागि बढुवाका लागि सूचना प्रकाशित गरेको छ ।

सशस्त्र प्रहरी हेडक्वार्टर हल्चोकद्वारा प्रकाशित सूचनाअनुसार सशस्त्र प्रहरीको साधारण तर्फका सशस्त्र प्रहरी बरिष्ठ नायब निरीक्षक (बरिष्ठ सई), स्वास्थ्य तर्फका सशस्त्र प्रहरी बरिष्ठ नायब निरीक्षक (बरिष्ठ सई), प्राविधिक सञ्चार तथा इन्जिनियरिङतर्फका सशस्त्र प्रहरी बरिष्ठ नायब निरीक्षक (बरिष्ठ सई), साधारण समूहका सशस्त्र प्रहरी नायब निरीक्षक (असई), बरिष्ठ हवल्दार र हवल्दार बढुवाका लागि योग्यता पुगेका उम्मेदवारलाई आवेदन माग गरिएको छ ।

सूचना अनुसार बरिष्ठ सईका लागि सईले, सईका लागि असई, असईका लागि बरिष्ठ हवल्दारले, बरिष्ठ हवल्दारका लागि हवल्दारले र हवल्दारका लागि सहायक हवल्दारले आवेदन दिनुपर्नेछ ।

आफूलाई योग्य ठानेका सम्भाव्य उम्मेदवारहरुले आफूले प्राप्त गरेको कागजात र प्रमाणपत्रहरुसहित १० दिनभित्र अर्थात् यही १८ गतेभित्र निवेदन दिनुपर्नेछ ।