नवलपुर आवासीय माविको सत्कर्मः एकादशीमा नारायणी स्नान गर्न जानेलाई निःशुल्क बस सेवा

चोरमारा । नवलपुर आवासीय माविले हरिबोधिनी एकादशीका अवसरमा नारायणी नदी स्नान गर्न जानेलाई निःशुल्क बस सेवा उपलब्ध गराएको छ ।

पूर्वी नवलपुरस्थित मध्यविन्दु नगरपालिकास्थित चोरमारामा सञ्चालनमा रहेको नवलपुर आवासीय माविले आज (बिहीबार) हरिबोधिनी (ठूली) एकादशीका अवसरमा भाग्रा, चोरमारा बजार, चोरमारा गाउँ टाँडीलगायत क्षेत्रका स्थानीयलाई उक्त बस सेवा उपलब्ध गराएको विद्यालयका प्रिन्सिपल देवीलाल पाठकले बताए ।

विद्यालयले एक सूचना जारी गर्दै हरिबोधिनी एकादशीका अवसरमा नारायणी नदी स्नानका लागि जान चाहनेहरुका लागि ७ बजे नै उपयुक्त स्थानहरुबाट निःशुल्क रुपमा बस सेवा उपलब्ध गराउने गरी जानकारी गराएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *