

सशस्त्र एसपी प्रमोद भारती कारबाहीस्वरूप केन्द्रमा तानिए

सिराहा । सशस्त्र प्रहरी बलले सिरहाका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक (एसपी) प्रमोद भारतीलाई तानेको छ । पछिल्लो समयमा सीमा क्षेत्रमा आर्थिक अपचलन र संगठनहित विरुद्धको काम गरेको भन्दै उनलाई केन्द्रमा तानिएको हो ।
तराईका जिल्लाहरूमा चाडपर्वको समयमा हुने तस्करी नियन्त्रणलगायतका काम गर्न नसकेको भन्दै उनलाई तानिएको सशस्त्र प्रहरीले जनाएको छ । केही सातायता सिराहामा अवैध कपडाको तस्करी बढीरहेको र त्यसमा संलग्न रहेको भन्दै संगठनले उनलाई कारबाहीस्वरूप केन्द्रमा तानिएको जनाइएको छ ।
उनको स्थानमा एसपी शिव गैरेलाई पठाइएको छ ।