

सशस्त्रले माग्यो एसपी र डिएसपी (विशेष पद) बढुवाका लागि आवेदन, कहिलेसम्म पाइन्छ आवेदन दिन ?

काठमाडौं । सशस्त्र प्रहरी बलले सशस्त्र प्रहरी सेवा, साधार समूह, साधारण उपसमूहतर्फ सशस्त्र प्रहरी उपरिक्षक (एसपी) र सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी) को विशेष पदका लागि बढुवाका लागि आवेदन मागेको छ ।
सशस्त्र प्रहरीले आइतबार निकालेको सूचनाअनुसार सशस्त्र प्रहरीको जिम्मेवारी बहन गर्ने क्रममा शारिरीक रुपमा अंगभंग भई अशक्त भएका कर्मचारीहरुलाई एकपटकका लागि एक तह बढुवाको योग्यता पुगेकासँग आवेदन आह्वान गरेको हो ।
प्रधान कार्यालयले एक एसपी र एक डीएसपीको पद खाली रहेकोले सशस्त्रले २३ गते मंगलबारभित्र योग्यता पुगेका उम्मेदवारहरुले बढुवा समितिको सचिवालयमा आवेदन पेश गर्न सूचना प्रकाशित गरेको छ ।