

सहमतिमा सहमत नभएपछि राहत शिक्षकहरूको आन्दोलन आज पनि

काठमाडौं । राहातका शिक्षकहरुको आन्दोलन आज पनि हुने भएको छ ।
सरकारसँग शुक्रबार साँझ गरेको सहमति प्रति असन्तुष्ट राहातका शिक्षकहरुको आन्दोलन आज पनि जारी रहने भएको हो ।
शुक्रबार सरकारसँग नेपाल शिक्षक महासंघलगायतले गरेको सहमति प्रति राहातका शिक्षकहरुले भने असहमति प्रकट गरेका छन ।
अन्य संगठनका शिक्षकहरु काठमाडौं केन्द्रित आन्दोलन गरेर घर फर्के पनि राहातका शिक्षकहरु भने आन्दोलनमा नै रहेका छन् ।
माग पुरा नभएसम्म आन्दोलन जारी रहने नेपाल राहत शिक्षक केन्द्रीय समितिका अध्यक्ष खेमराज अधिकारीले जानकारी दिए । उनका अनुसार शुक्रबार सरकारसँग भएको सहमतिमा ५० हजार भन्दा बढी राहातका शिक्षकहरु असन्तुष्ट रहेका छन ।