डोल्पाको ठूली भेरीमा शव फेला, १६ दिनदेखि सम्पर्कबिहीन मेजर पण्डितको खोजीमा रहेका टोली जाँदै



डोल्पा । डोल्पाको भेरी नदीमा एउटा शव फेला परेको जनाइएको छ ।

उक्त शव १६ दिनअघिदेखि सम्पर्कबिहीन नेपाली सेनाका मेजर बिमल पण्डितको हुनसक्ने आशंकामा सम्पर्कबिहीन पण्डितको खोजीमा खटिएका टोली उक्त स्थानतर्फ गएकाे छ ।

शव भेटिएको स्थानतिर डीएसपीसहितको टोली गएको जनाइए पनि त्यसबारे थप जानकारी प्रप्त भएको छैन ।

भदौ १० गतेदेखि सम्पर्कबिहीन भएका मेजर पण्डित हराएपछि खोजीको क्रममा एक शव भेटिए पनि त्यो शव महिलाको रहेको थियो । अहिले पनि भेरीकै किनारमा शव भेटिएको र अन्य व्यक्तिहरु हराएको खबर अहिलेसम्म प्राप्त भइ नसकेकोले पण्डितकै शव हुनसक्ने जनाइएको छ ।

अहिले शव भेटिएको स्थलतर्फ नेपाली सेना, नेपाल प्रहरी, सशस्त्रका साथै काठमाडौंबाट डोल्पा आएका मेजर पण्डितका आफन्तसहितका टोलि पनि गएको जनाइएको छ ।