

दिवंगत नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने, अन्त्येष्टिका दिन सार्वजनिक बिदा

काठमाडाैं । सरकारले संविधानसभाका अध्यक्ष तथा नेकपा (एमाले) का उपाध्यक्ष सुवास नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको छ। साथै उनको अन्त्येष्टिका दिन सार्वजनिक बिदा दिने निर्णयसमेत भएको छ।
प्रधानमन्त्री कार्यालय सिंहदरबारमा मंगलबार बिहान बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले यस्तो निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।
हृदयघातका कारण बालुवाटारस्थित घरको शौचालयमा बेहोस भएपछि नेम्वाङलाई गए राति शिक्षण अस्पताल महाराजगञ्ज लगिएको थियो।
सोमबार राति १ बजेर ४० मिनेट जाँदा उनको निधन भएको अस्पतालले घोषणा गरेको थियो।