पत्रकार एवं साहित्यकार राजेन्द्र पराजुलीको निधन

काठमाडाैं । साहित्यकार एवं पत्रकार राजेन्द्र पराजुलीको निमोनियाका कारण आज ५९ वर्षको उमेरमा निधन भएको छ। उनलाई गएराति छातीमा समस्या भएपछि ललितपुरको ग्वार्कोस्थित बी एन्ड बी अस्पतालमा भर्ना गरिएको थियो।

सघन उपचार कक्षमा उपचाररत पराजुलीलाई बिहान ७ बजे चिकित्सकले मृत घोषणा गरेका थिए। पराजुलीको निधनपछि भारतको गोवामा रहेका उनका छोरा स्वदेश फर्कँदै छन्। उनको आज दिउँसो ३ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने जनाइएको छ।

आर्थिक मामिलासम्बन्धी पत्रकारिता र सम्पादनमा दख्खल राख्ने पराजुलीका ‘जन्तरमन्तर’, ‘अघोरी’, ‘कोटेश्वरको केटो’, ‘शुक्रराज शास्त्रीको चस्मा’, ‘अनायिका’, ‘सपनामा मार्क्स’, ‘जाडोमा भोक’, ‘भ्रष्ट संवेदना’, ‘विकल्प’, ‘यात्रा’लगायतका कृति प्रकाशित छन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *