

सशस्त्रले मागेको ९३२ जवानका लागि फर्म भर्ने अन्तिम म्याद भोली, परिक्षा कहिले ? (सूचनासहित)

काठमाडौं । सशस्त्र जवानका लागि सशस्त्र प्रहरी कार्यालय हलचोकले माग गरेको ९३२ पदका लागि दरखास्त दिने अन्तिम म्याद भोलि सकिँदैछ ।
गत असार २९ गतेदेखि ९३२ पदका लागि सशस्त्रले दरखास्त आह्वान गरेको थियो । त्यसका लागि साउन २९ गतेसम्म फर्म भर्ने म्याद रहेकोमा त्यसपछि एक सातासम्मका लागि अर्थात् भोली भदौ ३ गते सम्म दोब्बर दस्तुर बुझाई फर्म भर्न सकिने सशस्त्रले जनाएको थियो ।
अनलाइनबाट फर्म बुझाएका उम्मेदवारहरुले यही भदौ ७ गतेभित्र परिक्षा सञ्चालन हुने सम्बन्धित कार्यालयमा स्वयं उपस्थित भई सक्कलै दरखास्त फाइल बुझाउन समेत अनुरोध गरेको छ ।
सशस्त्रले यही भदौ ११ गते सम्बन्धित कार्यालयहरुमा परिक्षा सञ्चालन हुने समेत जानकारी गराएको छ ।