

सेनाका उपरथी श्रेष्ठलाई दर्ज्यानी चिन्ह, बढुवासँगै कार्यरथीमा नियुक्त

काठमाडौं । प्रधान सेनापति प्रभुराम शर्माले सहायक रथी गणेश कुमार श्रेष्ठलाई उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।
शुक्रबार जङ्गी अड्डामा आयोजित एक कार्यक्रमकाबीच उनलाई उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरिएको हो ।
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार उनी श्रावण ३० गतेको मन्त्रिपरिषद्को निर्णय अनुसार उपरथी दर्जामा पदोन्नति भएका थिए ।
हाल निमित्त कार्यरथीको रुपमा कार्यरत उपरथी श्रेष्ठ पदोन्नतिसँगै कार्यरथीमा नियुक्त भएका छन् ।
दर्ज्यानी चिन्ह प्रदान गर्न आयोजित कार्यक्रममा बलाध्यक्ष रथी सिताराम खड्कालगायतको उपस्थिति रहेको थियो ।