रकुवा प्राथमिक स्वास्थ्य केन्द्रमा सर्पदंशको उपचार हुने

नवलपुर । बौदीकाली गाउँपालिकाको रकुवा प्राथमिक स्वास्थ्य केन्द्र डेढगाउँमा सर्पदंशको उपचार हुने भएको छ ।

नवलपुर जिल्लाको विकट गाउँपालिकाका रुपमा रहेको बौंदीकाली गाउँपालिकाबाट उपचार गर्नका लागि पोखरा, भरतपुर जानुपर्ने बाध्यतालाई केही हदसम्म भए पनि न्यूनीकरण गर्नुका साथै इमरजेन्सी परेका बखत गाउँमै उपचार पाइने भएपछि सर्पदंशबाट ज्यान गुमाउनुपर्ने अवस्थाबाट अब बौंदीकालीबासीले मुक्ति पाएका छन् ।

उक्त स्वास्थ्य केन्द्रमा २४ सै घण्टा आकस्मिक सेवा, रेबिज खोप तथा स्वास्थ्य बिमा सुचारु भएको स्वास्थ्य केन्द्रप्रमुख मेख ठाडाले जनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *