सशस्त्रमा खुल्यो ९३२ जवानका लागि जागिर, कहिलेसम्म दरखास्त दिन सकिन्छ ? (सूचनासहित)



काठमाडौं । सशस्त्र प्रहरी बलमा ९३२ जनाका लागि नयाँ भर्ना खुलेको छ ।

सशस्त्र प्रहरी बलको मानवस्रोत विभाग अन्तर्गतको भर्ना तथा छनोट शाखाले सशस्त्र प्रहरी जवानको नियुक्तिका लागि आवेदन आह्वान गरेको हो ।

आज (शुक्रबार) देखि आगामी साउन २८ सम्म र दोब्बर दस्तुर बुझाई भदौ ३ गतेसम्मको समयावधि राख्दै दरखास्त आह्वान गरेको सशस्त्रले खुल्ला तर्फ ५०२ जवान मागेको छ ।

त्यस्तै अमर अशिक्त प्रहरीका सन्ततीमा १९ जना, महिला ९२, आदिवासी जनजाती १३२, मधेसी ११५, दलित ८२ र पिछडिएका २० गरी जम्मा ९३२ जनाका लागि दरखास्त आह्वान गरेको हो ।

May be an image of text