

लहानका विभिन्न वडामा महिलाका लागि खुत्रुके कार्यक्रम सञ्चालन

लहान । लहान नगरपालिकाले महिलाहरुको लागि खुत्रुके कार्यक्रम सञ्चालनमा ल्याएको छ ।
लहान नगरपालिकाका मेयर महेश चौधरीले महिलाहरुमा बचतको भावना विकास गर्नका लागि खुत्रुकेमा बचत गराउँदै लहान नगरपालिका वडा नं. १९,२०,२२ र २३ मा महिलाहरुको समुह सञ्चालन गरिएको छ ।
उक्त अवसरमा उनीहरुलाई वैदेशिक रोजगारबाट आएको पैसालाई कसरी बचाउने र लान्छनाबाट कसरी जोगिने विषयमा प्रशिक्षण पनि दिइएको थियो ।
मेयर चौधरीले उक्त अवसरमा सबै महिलाको खुत्रुकेमा ५००/५०० को दरले रकम पनि जम्मा गरिदिएका थिए ।