

इक्यान कोषाध्यक्षका लागि ‘क्यापिटल इन्टरनेशनल’का सन्तोषले गरे उम्मेदवारी घोषणा

काठमाडौं – नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को नयाँ कार्य समितिको कोषाध्यक्ष पदका लागि सन्तोष शर्माले उम्मेदवारी घोषणा गरेका छन् ।
विगत लामो समयदेखि राजधानीको मुटु बागबजारमा रहेको क्यापिटल इन्टरनेशनलका सञ्चालक शर्माले यही आउने असार ३० गते हुन गइरहेको इक्यानको कार्य समितिको निर्वाचनका लागि कोषाध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका हुन् ।
२६ बर्ष अगाडि स्थापना भएको नेपाल शैक्षिक परामर्श संघ मुलुकका सम्पूर्ण शैक्षिक व्यवसायीहरूको प्रतिनिधिमूलक, अविभावकीय एवं भरोसायोग्य संस्थाका रूपमा रहँदै आएको बताउँदै शर्माले आफूले यस संस्थालाई थप व्यावसायिक र मर्यादित बनाउने उद्देश्यसहित उम्मेदवारी घोषणा गरेका जनाएका छन् ।
उनले सम्पूर्ण व्यवसायी एवं शैक्षिक परामर्शदाताहरुलाई समेटेर लैजाने प्रतिबद्धता समेत गरेका छन् ।