सशस्त्रका सहायक हवल्दार नकर्मीले गरे आत्महत्या



काठमाडौं । सशस्त्र प्रहरी सहायक हवल्दार विजय नकर्मीले आत्महत्या गरेका छन् ।

प्रहरी बल नेपाल नं. १६ गण काभ्रेमा कार्यरत नकर्मीले झुन्डिएर आत्महत्या गरेको जनाइएको छ । उनले भवनको छतबाट भित्तामा झुण्डिएर आत्महत्या गरेका हुन् ।

लामोसमयसम्म बढुवा नभएको भन्दै असन्तुष्टी रहेको भन्दै उनले आत्महत्या गरेकाे जनाइए पनि घटनाबारे बिस्तृत खुल्न सकेको छैन ।

यद्यपि घटना किन र कसरी भयो भन्ने विषयमा आवश्यक अनुसन्धान र छानबिन भइरहेको सशस्त्रले जनाएको छ ।