

विप्लवमाथि सरकारसँग वार्ता गर्न ‘दबाब’

काठमाडौं – नेकपा महासचिव नेत्रविक्रम चन्द (विप्लव)लाई दलभित्रैबाट सरकारसँग वार्ता गर्न दबाब परेको छ । पोलिब्युरो सदस्य तथा पूर्व कमाण्ड इन्चार्ज अनिल शर्मा, पोलिटब्युरो सदस्य पदम राईलगायतले सरकारसँग वार्ता गर्न दबाब दिएका हुन् ।
महासचिव विप्लव भने तत्काल सरकारसँग वार्ता गर्ने पक्षमा छैनन् । उद्यपि उनी सरकारको नेतृत्व गरिरहेको नेकपाका केही शीर्ष नेतासँग प्रत्यक्ष अप्रत्यक्ष सम्पर्कमा छन् ।
नेताहरुको वार्ताका लागि तयार नदेखिए सरकारसँग वार्ताको पहल थाल्ने चेतावनीसमेत महासचिव विप्लवलाई दिएको पाटीए निकट स्रोतले बतायो । यो खबर अन्नपूर्णपोष्टमा छ ।