सशस्त्रले गर्यो भीरबाट खसेका गाैतमको सकुशल उद्धार

पर्वत । सशस्त्र प्रहरी बलको एक टोलीले भीरमा अड्किएका एक वृद्धको उद्धार गरेको छ । पर्वत जिल्लाको कुश्मा नगरपालिका ५ स्थित बडागाउँ भिरमा अड्किएका एक जना व्यक्तिको माघ २० गते सकुशल उद्वार गरेको हो ।

सोही जिल्लाको कुश्मा नगरपालिका ७ दुर्लुङ्गचोक बस्ने ५३ वर्षिय गौतम गिरी हिँड्ने क्रममा यही माघ १९ गते भिरमा खसेका थिए ।

सो बारे स्थानीयले सशस्त्र प्रहरी बल नेपाल नम्बर २५ गण चण्डिका पर्वतलाई जानकारी गराएपछि उक्त गणबाट सशस्त्र प्रहरी निरीक्षक केशव शर्माको कमाण्डको टोलीले उनलाई रोप रेस्क्यु विधि अपनाई करीव १५ मिटर तलबाट सशुकल उद्वार गरेको हो ।

उद्वार पश्चात उनलाई उपचारको लागि जिल्ला अस्पताल पर्वततर्फ पठाएईको साथै उनको अवस्था भने सामान्य रहेको बताईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *