

आईजी पुत्री नन्दिनीसहित १ हजार ९१ ले पास गरे मेडिकल काउन्सिल लाइसेन्स परिक्षा

काठमाडौं । नेपाल मेडिकल काउन्सिलको लाइसेन्स परीक्षाको नतिजा सार्वजनीक भएको छ ।
काउन्सिलमा चिकित्सक नाम दर्ता लाइसेन्स परीक्षामा सामेल भएका २३११ मध्ये १०९१ जनाले मेडिकल काउन्सिल लाइसेन्स परिक्षा उत्तीर्ण गरेका हुन् ।
यसपटक मेडिकल काउन्सिल लाइसेन्स परिक्षा उत्तीर्ण गर्नेमा नेपाल प्रहरीका प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहकी छोरी नन्दिनी कुशुम सिंह पनि छिन् ।
आइतबार प्रकाशित नतिजाअनुसार यसपटकको परिक्षामा ४७.२१ प्रतिशत चिकित्सक उत्तिर्ण भएका छन् ।
माघ १२ देखि १५ गतेसम्म भएको परीक्षामा मेडिकलतर्फ ४७.११ र डेन्टलतर्फ ४७.६० प्रतिशत उत्तिर्ण भएको काउन्सिलले जनाएको छ । परीक्षामा दुई हजार ३११ परीक्षार्थी सहभागी थिए ।
ती मध्ये मेडिकलतर्फ १८३२ परिक्षार्थीमा ८६३ जना उत्तीर्ण भएका छन् भने डेन्टलतर्फ ४७९ मध्ये २२८ जना उत्तीर्ण भएका छन् ।