

सेनाले माग्यो १८ हेरालु, साधारण लेखपढ गर्न सक्नेलाई अवसर

काठमाडौं । नेपाली सेनाले १८ जना वृक्षरोपण हेरालु मागेको छ । काठमाडौं तराई मधेस द्रुतमार्ग सडक आयोजनाका लागि सेनाले करारमा वृक्षरोपण हेरालु राख्न लागेको हो ।
सडक निर्माणको क्रममा रुख काटिएका थिए । त्यसको क्षतिपूर्तिस्वरुप वृक्षरोपण गरेर सरकारलाई हस्तान्तरण गर्नुपर्ने भएकाले वृक्षरोपण हेरालु राख्न लागिएको हो ।
४५ वर्ष ननाघेका तथा साधारण लेखपढ र बोटबिरुवा रोपाइ एवं हेरचाह गर्न सक्ने व्यक्तिले ओदन दिन सक्नेछन् । कार्यक्षेत्र बाराको जितपुर, सिमरा तथा निजगढ नगरपालिका रहेको छ । पारिश्रमिक मासिक १८ हजार उपलब्ध हुने जनाइएको छ ।