

सशस्त्र प्रहरीद्वारा २ किलो युरेनियम जस्तो पदार्थसहित होटलबाट ३ जना पक्राउ

बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाबाट युरेनियम जस्तो देखिने वस्तुसहित तीन जना पक्राउ परेका छन् ।
सशस्त्र प्रहरीले जीतपुरसिमरा —५ बस्ने रवी चौधरी, सागर चौधरी र रौतहटको माधवनारायण—२ बस्ने वृज सहनीलाई युरेनियम जस्तो देखिने बस्तुसहित होटेलको कोठाबाट शनिबार पक्राउ गरेको हो ।
जीतपुरसिमरा–७ स्थित आदित्य होटलको कोठा नं. ४ बाट शनिबार दिउँसो उनीहरुलाई पक्राउ गरिएको सशस्त्र प्रहरी बल नेपाल नं १२ गण हेड क्वाटर बाराका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक अमर बहादुर खत्रीले जानकारी दिए । उनीहरुलाई आवश्यक कानुनी कारबाहीका लागि नेपाल प्रहरीको जिम्मा लगाईने सशस्त्र प्रहरीले जनाएको छ ।
उनीहरुबाट बरामद गरिएको दुई किलोको वजनको उक्त वस्तु युरेनियम हुनसक्ने प्रहरीको अनुमान छ । चम्किलो उक्त वस्तुमा बिजुलीको बल्ब छुवाउँदा बल्ने गरेको छ ।