

यी हुन् ड्युटीकै क्रममा बसको ठक्करबाट ज्यान गुमाएका सशस्त्र जवान सुवास रतला…

काठमाडौं – बझाङको जयपृथ्वीबहादुर नगरपालिका – ५ कोटेली स्थायी घर भई सशस्त्र प्रहरी बलको केन्द्रीय कार्यालयमा कार्यरत सशस्त्र प्रहरी जवान सुवासचन्द्र रतलाले ड्युटीकै क्रममा दुर्घटनामा ज्यान गुमाएका छन् ।
हेडक्वार्टरबाट ड्युटीकै शिलशिलामा निलबाराही गणमा जाँदै गर्दा कीर्तिपुरको चोभार गेटनजिकै बसले ठक्कर दिँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोर्डन इन्डियन स्कुलको ना.१क १६१२ नम्बरको बसले रतला चढेको सरकारी मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका उनको बल्खुस्थित बयोधा अस्पतालमा मृत्यु भएको जनाइएको छ । बसले उनी चढेको बागमती एएए २९०८ नम्बरको सरकारी मोटरसाइकललाई ठक्कर दिएको थियो ।
घटनापछि बस र चालकलाई प्रहरीले कीर्तिपुर प्रहरी वृत्तमा राखेको छ । विवाहित रतला दुई सन्तानको बाबु पनि हुन् ।
मृतकप्रति हार्दिक श्रद्धाञ्जली एवं शोक सन्तप्त परिवारजनमा समवेदना !