

केटीको विषयमा कालेले गरे आफ्नै १४ वर्षीय साथीको घाँटी रेटी हत्या

पोखरा – पोखराको लेकसाइडमा सोमबार राति करिब १० बजे केटीको विषयमा १४ वर्षीय बालकको उनकै साथीले घाँटी रेटी हत्या गरेका छन् ।
पर्वतका वेनि काले भनिने २१ वर्षीय कुमार गर्बुजाले आफ्नै साथीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख ओम रानाले जानकारी दिए ।
केटीको विषयलाई लिएर उनहिरुबीच झगडा हुँदा कुमारले घाँटी रेटी हत्या गरेका हुन् । डल्ली भनिने सुनिता गुरुङ र सचिन बोल्ने क्रममा विवाह गर्ने कुरा सुनेपछि आफ्नो गर्लफ्रेण्डलाई विवाह गर्न लागेको कुरामा विवाद हुँदा सचिनले पहिला कुमारको खुट्टामा चक्कु प्रहार गरेको रानाले जानकारी दिए ।
सोही चक्कुले पछि सचिनलाई घोप्टो पारी हत्या गरेको कुमारले बताएका छन् । सचिनको हत्या आफूले गरेको उनले स्वीकारेका छन् । उनले सचिनको पेट र ढाडमा समेत प्रहार गरेका थिए ।