

लोकसम्राट राजु परियारलाई पितृशोक

काठमाडौं । नेपाली लोक दोहोरी क्षेत्रका लोक स्वर सम्राट् राजु परियारदलाई पितृशोक परेको छ ।
विगत केही दिनदेखि बिरामी रहेका उनको उपचारका क्रममा निधन भएको जनाइए पनि विस्तृत विवरण भने प्राप्त भइसकेको छैन ।
लोकगायक परियारका पिताको निधन भएको गायिका टीका सानुले सामाजिक सञ्जाज फेसबुकमार्फत् जानकारी गराएकी छिन् ।