यसरि हुँदैछ शताब्दी पुरूष जोशीको अन्तिम बिदाई



काठमाडौं । शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिव शरीरलाई श्रद्धाञ्ली दिन ललितपुर महानगरपालिकाको प्रांगणमा पनि राखिने भएको छ । साढे १२ बजेदेखि ४ बजेसम्म उनको पार्थिव शरीरलाई ललितपुर महानगरमा राखिएको भएको हो ।

जोशीको शवलाई ९ बजेर ४५ मिनेटदेखि १० बजेर४५ मिनेटसम्म किष्ट अस्पतालमा शव गलाउनबाट बचाउन केमिकलको इन्जेक्सन लगाएर अस्पतालमा राखिने तयारी भइरहेको ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले बताए ।

उनका अुनसार केमिकलको इन्जेक्सन लगाइसकेपछि १० ४५ देखि ११ बजेर ३० मिनेटसम्म परिवारका सदस्यले परिवारले गर्नुपर्ने कार्य गर्ने, कार्यक्रम रहेको छ । त्यसपछि अस्पतालमा श्रद्धाञ्जलीको लागि ११ बजेर ३० मिनेटदेखि १२ बजेर३० मिनेटसम्म राखिनेछ ।

र त्यसपछि ललिपुर महानगरमा साढे १२ बजेदेखि ४ बजेसम्म राखिनेछ । र फेरि किष्ट अस्पतलालाई नै शव हस्तान्तरण गरिनेछ ।