पैयुँ गाउँपालिका उपप्रमुख रानाले गरिन् पदबहाली, हुवासका असहायलाई गरिन् सहयोग



पर्वत । पर्वतको पैयुँ गाउँपालिकाकी उपाध्यक्ष यामकुमारी रानाले पदबहाली गरेकी छिन् ।

पदबहालीसँगै उपाध्यक्ष रानाले व्यक्तिगत रुपमा सोही गाउँपालिकाको वडा नं. ४ स्थित हुवासका स्व. श्यामप्रसाद श्रेष्ठका असहाय छोराछोरीको स्वास्थ्य बिमा गरिदिएकी छिन् । उनले ३५ हजार रूपैयाँ बराबरको स्वास्थ्य बिमा गरिदिएकी हुन् ।

सामाजिक कार्यमा अग्रसर रानामगरले आगामी दिनमा पनि अनाथ र असहायलाई व्यक्तिगत तवरबाटै भए पनि सहयोग गर्ने प्रतिबद्धता जनाएकी छिन् । साथै रानाले नीतिगत तहबाटै पनि असहाय र गरिबको हितका लागि काम गर्नका लागि आफू लागि पर्ने प्रतिबद्धता समेत व्यक्त गरेकी छिन् ।

विगत लामोसमयदेखि राजनीतिमा होमिएकी रानाले यसपटकको स्थानीय तह निर्वाचनमा पर्वतको पैयुँ गाउँपालिकाबाट नेपाली कांग्रेसकी जानकी प्रधानलाई पराजित गर्दै उपाध्यक्षमा निर्वाचित भएकी थिइ्न् ।